काठमाडौं- पछिल्लो समय वाणिज्य बैंकहरूले भोग्दै आएको निक्षेप अभावको समस्याले निरन्तरता पाएको छ।
फागुनको दोस्रो साता वाणिज्य बैंकहरूले जम्मा १ अर्ब निक्षेप थप गरेका छन्। चालु आर्थिक वर्षको सुरुवातदेखि नै वाणिज्य बैंकहरूमा निक्षेप अभाव हुँदै आएको छ। ऋणको तुलनामा निक्षेपको वृद्धिदर सुस्त देखिँदै आएको छ।
फागुन ६ देखि १३ गतेको अवधिमा वाणिज्य बैंकले जम्मा १ अर्ब मात्र थप निक्षेप पाएका छन्। फागुन ६ गतेसम्म वाणिज्य बैंकहरूको कूल निक्षेप ४३ खर्ब १२ अर्ब थियो भने फागुन १३ गतेसम्म आउँदा ४१ खर्ब १३ अर्ब पुगेको छ।
यो अवधिमा ऋण भने ६ अर्बले बढेको छ। फागुन ६ गतेसम्म ४१ खर्ब ५९ अर्ब रहेकोमा फागुन १३ गतेसम्म पुग्दा ४१ खर्ब ६५ अर्ब पुगेको छ।