आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

साउनमा वाणिज्य बैंकहरूको नाफा ८ अर्ब ३८ करोड रूपैयाँ, पहिलो ग्लोबल, दोस्रोमा नबिल, अन्य कुनको कति?

बुधबार, असोज १ २०८२
साउनमा वाणिज्य बैंकहरूको नाफा ८ अर्ब ३८ करोड रूपैयाँ, पहिलो ग्लोबल, दोस्रोमा नबिल, अन्य कुनको कति?

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरूको नाफा साढे ८ प्रतिशतले घटेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले ८ अर्ब ३८ करोड ३० लाख रुपैयाँ खुद मुनाफा गरेका छन्।

गत वर्षको साउन महिनामा मुनाफा ९ अर्ब १७ करोड ६२ लाख रुपैयाँ थियो। यसरी चालु आवको पहिलो महिनामा नाफा ८ दशमलब ६४ प्रतिशतले घटेको देखिएको छ।

तथ्यांकअनुसार २० वाणिज्य बैंकमध्ये ११ बैंकको मुनाफा अघिल्लो वर्षको तुलनामा घटेको छ भने ९ बैंकले भने नाफा बढाएका छन्।

साउन महिनामा सबैभन्दा धेरै नाफा गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ। यस बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ। दोस्रो स्थानमा ७१ करोड ६४ लाख रुपैयाँसहित नबिल बैंक रह्यो। नेपाल एसबीआई बैंक ६३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएर तेस्रो स्थानमा रह्यो।

यता नेपाल बैंकले १४६.७६ प्रतिशत नाफा बढाएको छ। गत वर्षको साउनमा २२ करोड ४० लाख रुपैयाँ नाफा गरेको यो बैंकले चालु आवको साउनमा ५५ करोड २७ लाख रुपैयाँ कमाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले ५४.८० प्रतिशत, माछापुच्छ्रे बैंकले ३०.९८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १९.९२ प्रतिशत, सिद्धार्थ बैंकले १५.०४ प्रतिशत, एभरेष्ट बैंकले १४.४१ प्रतिशत, नेपाल एसबीआई बैंकले ९.८१ प्रतिशत, एनआईसी एशिया बैंकले ९.२५ प्रतिशत र सानिमा बैंकले १.९८ प्रतिशत नाफा बढाएका छन्।

सबैभन्दा धेरै नाफा घटाउने बैंकमा कृषि विकास बैंक परेको छ। गत वर्षको साउनमा ७१ करोड २१ लाख रुपैयाँ कमाएको यस बैंकले चालु आवको साउनमा ३७ लाख ५० हजार रुपैयाँ मात्र कमाउन सकेको छ। यो अघिल्लो वर्षको तुलनामा ९९ दशमलब ४७ प्रतिशत ऋणात्मक हो।

त्यस्तै एनएमबी बैंकको नाफा ५२ दशमलब ३२ प्रतिशतले घटेर ३३ करोड ३३ लाख रुपैयाँबाट १५ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ।

प्रभु बैंकको नाफा ४३ दशमलब ८१ प्रतिशतले, हिमालयन बैंकको ३० दशमलब ४६ प्रतिशतले, सिटिजन्स बैंक इन्टरनेसनलको २० दशमलब ४० प्रतिशतले, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १२ दशमलब ८० प्रतिशतले, ग्लोबल आईएमई बैंकको १२ दशमलब ०९ प्रतिशतले, नबिल बैंकको १० दशमलब ८३ प्रतिशतले, लक्ष्मी सनराइज बैंकको ८ दशमलब ९६ प्रतिशतले, कुमारी बैंकको २ दशमलब २० प्रतिशतले र प्राइम कमर्सियल बैंकको ०.१२ प्रतिशतले नाफा घटेको छ।

चालु आव २०८२/८३ को साउन महिनामा वाणिज्य बैंकहरूको खुद नाफा (रकम करोडमा)

क्र.सं.

वाणिज्य बैंक

२०८२ साउन

२०८१ साउन

प्रतिशत

ग्लोबल आईएमई बैंक

७८.४५

८९.२४

-१२.०९%

नबिल बैंक

७१.६४

८०.३४

-१०.८३%

नेपाल एसबीआई बैंक

६३.४२

५७.७६

+९.८१%

राष्ट्रिय वाणिज्य बैंक

५५.८३

३६.०७

+५४.८०%

नेपाल बैंक

५५.२७

२२.४०

+१४६.७६%

प्राइम कमर्सियल बैंक

५०.५०

५०.५६

-०.१२%

कुमारी बैंक

४९.२४

५०.००

-२.२०%

एभरेष्ट बैंक

४६.६८

४०.८०

+१४.४१%

एनआईसी एशिया बैंक

६१.६९

५६.४५

+९.२५%

१०

हिमालयन बैंक

३४.८९

५०.१९

-३०.४६%

११

सिद्धार्थ बैंक

४०.०५

३४.८०

+१५.०४%

१२

लक्ष्मी सनराइज बैंक

३९.४५

४३.३३

-८.९६%

१३

सानिमा बैंक

३९.०३

३८.२७

+१.९८%

१४

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

३१.९४

२६.६३

+१९.९२%

१५

प्रभु बैंक

३०.२३

५३.८०

-४३.८१%

१६

सिटिजन्स बैंक इन्टरनेसनल

२७.२५

३४.२३

-२०.४०%

१७

स्ट्यान्डर्ड चार्टर्ड बैंक

२७.१६

३१.१५

-१२.८०%

१८

माछापुच्छ्रे बैंक

२६.५२

२०.२५

+३०.९८%

१९

एनएमबी बैंक

१५.८९

३३.३३

-५२.३२%

२०

कृषि विकास बैंक

०.३८

७१.२१

-९९.४७%


प्रकाशित : बुधबार, असोज १ २०८२१८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend