शनिबार, मंसिर ८ गते २०८१    
images
images

सेयर बजारमा देखिएन एमसीसी प्रभाव : ठूला लगानीकर्ताको चलखेल कि घट्दो बजारमा अझै अविश्वास?

images
सोमबार, फागुन १६ २०७८
images
images
सेयर बजारमा देखिएन एमसीसी प्रभाव : ठूला लगानीकर्ताको चलखेल कि घट्दो बजारमा अझै अविश्वास?
images
images

काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै त्यसको प्रभाव सेयर बजारमा देखिने आँकलन भइरहे पनि ठूला लगानीकर्ताको पकडमा रहेको बजारमा खास प्रभाव देखिएको छैन। 

images
images
images

नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता आइतबार संसदबाट अनुमोदन भइसकेको छ। एमसीसी पास भएसँगै विदेशी मुद्रा नेपाल आउने र पुँजी आपूर्ति बढ्ने विश्वास लगानीकर्ताले गरिरहेका छन्। जसले सेयर बजरमा सकारात्मक प्रभाव पर्ने उनीहरूको विश्लेषण रहेको छ। तर गएका केही सातायता बजारमा देखिएको उतारचढावले सोमबार पनि निरन्तरता पायो।

images

सत्तारुढ गठबन्धनले एमसीसी संसदबाट पास गर्ने निर्णयसँगै आइतबारको सेयर बजार थामिएर झिनो अंकले घटेको थियो। तर सोमबार भने बजार घट्ने दर अस्वभाविक देखिएको छ।

images

सोमबार ४३.१० ले घटेर बजार २६१०.६० बिन्दुमा झरेको छ। सोमबार ३ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएको छ। जहाँ ७ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ सय ८३ कम्पनीको मूल्यमा गिरावट आएको छ भने एउटा कम्पनीको मूल्य परिवर्तन भएको छैन। 

साताको पहिलो दिन आइतबार भने बजार खुल्नेवित्तिकै दोहोरो अंकले घटे पनि दिनभरको राजनैतिक घटनाक्रमले बजार थामिएको थियो। आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० बिन्दुमा रोकिएको थियो। विश्लेषकहरूले एमसीसीले विद्युत प्रशारणलाइन बन्ने विषय समेट्ने भएकाले सेयर लगानीकर्ताले एमसीसी पासको ग्यारेन्टी खोजेको बताएका थिए। तर एमसीसी पास भए पनि सोमबार सेयर बजारले साथ पाएन। 

यसअघि बजारमा देखिएको उतारचढावमा राजनीतिक उथलपुथल र नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई कारण देखाउँदै विश्लेषण भइरहेका थिए। सोमबारको सेयर बजारको अवस्थाले केही ठूला लगानीकर्ताले अझै चलखेल गरिरहेको भन्ने देखिएको विश्लेषक बताउँछन्। 

गएको बुधबार नेपाल राष्ट्र बैंकले सेयर ऋण प्रवाहमा थप कडाइ गरेका कारण पनि त्यसको प्रभाव सेयर बजारमा देखिएको विश्लेषण भइरहेका छन्। गएको बुधबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जा र घरजग्गाको कर्जाको जोखिम भार बढाएको थियो। मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरिएको छ जब कि यसअघि मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार एक सय प्रतिशत रहेको थियो।

तर नेपाल राष्ट्र बैंकको नीतिलाई देखाउँदै ठूला लगानीकर्ताले आफ्नो चलखेल मात्र बढाएको र उक्त नीतिले बजारमा सिधा प्रभाव नपर्ने केही विश्लेषकहरू बताउँछन्। सेयर बजारमा ऋण लिएरभन्दा आफ्नै पैसाले लगानी गर्ने धेरै भएकोले त्यसको असर धेरै नपर्ने विश्लेषक छोटेलाल रौनियार बताउँछन्। 

गत साता पहिलो दिन आइतबार ३९.४० अंकले बजार घटेको थियो। सोमबार सेयर बजार २५.४१ अंकले बढेको थियो। मंगलबार पनि १७.४२ अंकले बढेर २७३५.९३ बिन्दुमा पुगेको बजार बुधबार १५.५० अंकले घटेर २७२०.४३ बिन्दुमा झरेको थियो। गएको साताको अन्तिम दिन बिहीबार ५८.९९ अंकले घटेर बजार २६६१.४४ बिन्दुमा झरेको थियो। 

यो साता सोमबार घटेको बजारले अहिलेको अवस्था नदेखाउने विश्लेषकहरू बताउँछन्। बजारमा सूचकहरू मिल्दै गएकाले अब बजारले बढ्ने बाटो नै समाउने उनीहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, फागुन १६ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend