काठमाडौं- भदौ २३ र २४ गतेको युवाहरूको आन्दोलनका क्रममा भएको भौतिक क्षतिका कारणले केही कम्पनी र क्षेत्रको वित्तीय अवस्था कमजोर भएको छ।
त्यस्ता क्षति भएका कम्पनीको बीमा गरेका कम्पनीहरूको वित्तीय अवस्था खस्किने र सोही कारणले रेटिङ पनि खस्किने भएको हो।
रेटिङ एजेन्सी इक्रा नेपालले एक विज्ञप्ति जारी गर्दै निर्जिवन बीमा कम्पनी र आन्दोलनका क्रममा क्षति भएका केही कम्पनीको वित्तीय अवस्था खस्किने प्रक्षेपण गरेको हो।
वित्तीय अवस्था अस्थिर बनेपछि यस्ता कम्पनीको रेटिङलाई वाचलिस्टमा राखिएको हो। ऋण तिर्ने सक्षमतामा ह्रास आउने जोखिम बढेपछि रेटिङ एजेन्सीले यस्तो सूचीमा राख्ने गरिन्छ।
इक्राले रेटिङ गरेका यस्ता बीमा कम्पनी र आन्दोलनका क्रममा क्षति भएका भाटभटेनी, चन्द्रागिरी, सीजी इम्पेक्स लगायतका कम्पनीको वित्तीय अवस्था कमजोर बन्ने भएको हो।