बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

नेशनल लाइफ इन्स्योरेन्सको २० प्रतिशत लाभांश पारित हुँदै, बुक क्लोज कहिले?

सोमबार, फागुन १६ २०७८
नेशनल लाइफ इन्स्योरेन्सको २० प्रतिशत लाभांश पारित हुँदै, बुक क्लोज कहिले?

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको फागुन ५ बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार तेत्तीसौँ वार्षिक साधारण सभा फागुन २९ गते गर्ने भएको छ। 

सभामा कम्पनीको माघ १२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। 


प्रकाशित : सोमबार, फागुन १६ २०७८०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend