आइतबार, असोज ६ गते २०८१    
images
images

एक हप्तादेखि बन्द रहेको सडक हिउँ हटाएर सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
images
images
एक हप्तादेखि बन्द रहेको सडक हिउँ हटाएर सञ्चालन

मनाङ ङिस्याङ गाउँपालिकाको तलेखुदेखि खाङ्सारसम्म हिउँ पन्छाइएको छ।

images
images

मनाङ- भारी हिमपातका कारण एक हप्तादेखि बन्द रहेको मनाङको भित्री सडकखण्डमा आवातजावात सञ्चालन भएको छ । भारी हिमपातपछि पुरिएको सडकको हिउँ पन्छाएपछि सवारीसाधन पुनः सञ्चालनमा आएको छ।

images
images
images

गत फागुन ८ गते आइतबार बिहानदेखि लगातारको हिमपातले जिल्लाको अधिकांश भेगमा बाक्लो हिउँ जमेको थियो। हिउँका कारण सडक अवरुद्ध भएपछि छ दिन लगाएर जिल्लाका सडकका हिउँ हटाएर सवारी आवागमन सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिकाको तलेखुदेखि खाङ्सारसम्म हिउँ पन्छाइएको छ। जिल्लाका केही स्थानीयले जेसिबी र जनप्रतिनिधि, प्रहरीको सहयोगमा सडकमा जमेको हिउँ पन्छाएपछि यातायात सञ्चालनमा आएको प्रजिअ आचार्यले बताए। उनले भने, 'जमेको हिउँ पन्छाएर सडक खुलेपछि आवातजावत हुन थालेको छ। यसले आवातजावतमा सहज बनाउनेछ।'

हिउँका कारण दैनिक उपभोग्यलगायत खाद्यान्न तथा मालसामान ढुवानीमा समस्या हुँदै आएको थियो। हिउँ पन्छाउन गाउँपालिकाका जनप्रतिनिधि आफै मैदानमा खट्नुभएको आचार्यले बताए।

images

हिमपातले हिमाली क्षेत्रका किसानमा उत्साह छाएको छ। तर सडकमा लामो समयसम्म हिउँ रहँदा स्थानीयले सास्ती खेप्नु परेको उनीहरु बताउँछन्। यस्तै हिउँ पन्छाएलगत्तै प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा जिल्लावासीको अवस्थासमेत विभिन्न स्थानमा गएर अनुगमन गरिएको छ। चिसोमा जनजीवनको अवस्थाको निरीक्षण गर्दा अतिविपन्न परिवारलाई न्यानो कपडासमेत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। रासस 


प्रकाशित : सोमबार, फागुन १६ २०७८०६:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend