आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

असोजमा पनि घट्यो बैंकहरूको ब्याजदर, यी हुन् घटाउने र बढाउने बैंक

मंगलबार, भदौ ३१ २०८२
असोजमा पनि घट्यो बैंकहरूको ब्याजदर, यी हुन् घटाउने र बढाउने बैंक

काठमाडौं- वाणिज्य बैंकहरूले असोज महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदर भदौको तुलनामा घटेको छ। बैंकहरूले निक्षेपमा आकर्षण घटाउँदा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर भदौमा ५.५७ प्रतिशत बिन्दुबाट असोजमा घटेर ५.४६ प्रतिशत बिन्दुमा झरेको छ।

२० वाणिज्य बैंकमध्ये ९ वटाले ब्याजदर घटाएका छन्। यसरी ब्याजदर घटाउँदा व्यक्तिगत मुद्दती निक्षेपमा ०.११ प्रतिशत बिन्दु र संस्थागत मुद्दती निक्षेपमा ०.०८८५ प्रतिशत बिन्दुले कमी आएको हो।

भदौ महिनामा ५.५७ प्रतिशत बिन्दु रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर असोज महिनामा झरेर ५.४६ प्रतिशत बिन्दुमा पुगेको हो। यसरी समीक्षा अवधिमा व्यक्तिगत मुद्दती निक्षेपको औषत ब्याजदर ०.११ प्रतिशत बिन्दुले घटेको छ।

प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले ०.५ प्रतिशत बिन्दु घटाएका छन्। सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशत बिन्दु, कुमारी बैंकले ०.२ प्रतिशत बिन्दु, कृषि विकास बैंक र नेपाल बैंकले ०.१५ प्रतिशत बिन्दु तथा नेपाल एसबीआई बैंकले ०.०७ प्रतिशत बिन्दु घटाएका छन्।

असोज महिनामा दुई वाणिज्य बैंकले ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत बिन्दु र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका हुन्। बाँकी ९ वाणिज्य बैंकले भदौ महिनाकै दरलाई निरन्तरता दिएका छन्।

असोज २०८२ का लागि वाणिज्य बैंकहरूको ब्याजदर

बैंकको नाम

व्यक्तिगत (भदौ)

व्यक्तिगत (असोज)

भिन्नता

संस्थागत (भदौ)

संस्थागत (असोज)

भिन्नता

प्राइम कमर्सियल

६.००

५.५०

–०.५०

३.१०

२.७५

–०.३५

सानिमा बैंक

५.७५

५.२५

–०.५०

३.७५

३.५०

–०.२५

एभरेष्ट बैंक

५.७५

५.२५

–०.५०

४.७५

४.२५

–०.५०

सिटिजन्स बैंक

५.५०

५.२५

–०.२५

३.००

३.००

एनआईसी एशिया

६.२५

६.००

–०.२५

५.२५

५.००

–०.२५

कुमारी बैंक

५.२१

५.०१

–०.२०

४.०१

४.०१

कृषि विकास बैंक

५.२०

५.०५

–०.१५

२.८५

३.००

+०.१५

नेपाल बैंक

५.४०

५.२५

–०.१५

३.७५

३.२५

–०.५०

नेपाल एसबीआई बैंक

५.२५

५.१८

–०.०७

४.२५

४.१८

–०.०७

प्रभु बैंक

५.३५

५.३५

३.२५

३.२५

सिद्धार्थ बैंक

५.५०

५.५०

४.००

४.००

राष्ट्रिय वाणिज्य बैंक

५.५०

५.५०

४.००

४.००

माछापुच्छ्रे बैंक

६.००

६.००

४.००

४.००

नबिल बैंक

५.५०

५.५०

४.०५

४.०५

नेपाल इन्भेष्टमेन्ट मेगा

५.२५

५.२५

४.२५

४.२५

ग्लोबल आइएमई

६.००

६.००

४.२५

४.२५

एनएमबि बैंक

६.००

६.००

५.००

५.००

हिमालयन बैंक

६.००

६.००

५.००

५.००

स्ट्याण्डर्ड चार्टर्ड

५.१३

५.१८

+०.०५

२.७५

२.७५

लक्ष्मी सनराइज

५.००

५.२५

+०.२५

४.००

४.००


प्रकाशित : मंगलबार, भदौ ३१ २०८२१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend