काठमाडौं- आइतबार १४ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार तोलामा १६ सय रुपैयाँ बढेको हो।
आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ सय ६ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार तोलामा १६ सय रुपैयाँ बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ बढेको हो। सोमबारका लागि चाँदीको मूल्य १३ सय ४० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।