आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

साउनमा भित्रियो १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स, गत वर्षभन्दा २९.९ प्रतिशतले बढ्यो

सोमबार, भदौ ३० २०८२
साउनमा भित्रियो १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स, गत वर्षभन्दा २९.९ प्रतिशतले बढ्यो

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपाली कामदारबाट आउने विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार साउनमा रेमिट्यान्स २९.९ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि १७.७ प्रतिशतले १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँमा सीमित थियो।

अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड डलर पुगेको छ। अघिल्लो वर्ष डलरमा आप्रवाह १५.८ प्रतिशतले बढेको थियो।

त्यसैगरी खुद द्वितीय आय (खुद ट्रान्सफर) साउनमा १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ४८ अर्ब ८ करोड रुपैयाँको तुलनामा बढी हो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिन आएका नेपालीको सङ्ख्या पनि वृद्धि भएको देखिन्छ। समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ४४ हजार ४ सय ६६ पुगेको छ भने पुनः स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६ सय ४४ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो।


प्रकाशित : सोमबार, भदौ ३० २०८२१८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend