बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

कृषिसहित तीन वाणिज्य बैंकको बोनस सेयर सेयरधनीको खातामा, कुनको कति कित्ता?

आइतबार, फागुन १५ २०७८
कृषिसहित तीन वाणिज्य बैंकको बोनस सेयर सेयरधनीको खातामा, कुनको कति कित्ता?

काठमाडौं- आइतबार एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कृषि विकास बैंकसहित तीन वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको हो।

जसमध्ये कृषि विकास बैंकको २० प्रतिशत अर्थात २ करोड १९ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ। कृषिको १०० कित्ता सेयर हुनेको खातामा २० कित्ता थपिन्छ। 

त्यस्तै, सिद्धार्थ बैंकको १४.२५ प्रतिशत र प्राइम कमर्शियल बैंकको १६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। जसमा सिद्धार्थको १ करोड ५६ लाख २१ हजार २७६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ।

यता प्राइम कमर्शियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ।


 


प्रकाशित : आइतबार, फागुन १५ २०७८१३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend