शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

युनिभर्सल पावर कम्पनीको सेयरमा लगानीकर्ता एक्कासी किन झुम्मिए? यस्ताे छ १३२ देखि ६३५ रुपैयाँको यात्रा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
images
युनिभर्सल पावर कम्पनीको सेयरमा लगानीकर्ता एक्कासी किन झुम्मिए? यस्ताे छ १३२ देखि ६३५ रुपैयाँको यात्रा
images
images

काठमाडौं- विद्युत उत्पादनको अन्तिम तयारीमा रहेको युनिभर्सल पावर कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिँदा पुन: सेयर मूल्य बढेको छ। साताको पहिलो दिन आइतबार कारोबार खुलेको पहिलो दिननै प्रतिकित्ता ११ रुपैयाँले बढेर ३७५ रुपैयाँमा अन्तिम मूल्य कायम भएको छ।

images
images
images

५ लाख ६३ हजार कित्ता कारोबार हुँदा २० करोड ४४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ। कम्पनीको सेयर आइतबार सबै कम्पनीको भन्दा धेरै भएको हो। पछिल्लो ५२ हप्तामा न्यूनतम १३२ रुपैयाँबाट बढेर ६३५ रुपैयाँसम्म पुगेको थियो। त्यसपछि लगातार घटिरहेको छ। वित्तीय अवस्थामा केही सुधार गरेको कम्पनीमा सेयर लगानीकर्ताको आकर्षण बढिरहेको छ।

images
images
upcl.PNG

दोलखा जिल्लामा निर्माणको चरणमा रहेको आयोजनाको भौतिक निर्माण तर्फको काम सम्पन्न भएर उत्पादनको चरणमा प्रवेश गर्दैछ।

images
images

११ मेगावाट विजुली उत्पादन गर्ने गरी २०६७ मा कम्पनी स्थापना भए पनि आयोजना निर्माणको काम भने २०७० पछि मात्रै सुरु भएको थियो। 

नेप्सेमा २ करोड १० लाख  कित्ता सूचीकृत रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। 


प्रकाशित : सोमबार, फागुन १६ २०७८०१:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend