बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

युनिभर्सल पावर कम्पनीको सेयरमा लगानीकर्ता एक्कासी किन झुम्मिए? यस्ताे छ १३२ देखि ६३५ रुपैयाँको यात्रा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
युनिभर्सल पावर कम्पनीको सेयरमा लगानीकर्ता एक्कासी किन झुम्मिए? यस्ताे छ १३२ देखि ६३५ रुपैयाँको यात्रा

काठमाडौं- विद्युत उत्पादनको अन्तिम तयारीमा रहेको युनिभर्सल पावर कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिँदा पुन: सेयर मूल्य बढेको छ। साताको पहिलो दिन आइतबार कारोबार खुलेको पहिलो दिननै प्रतिकित्ता ११ रुपैयाँले बढेर ३७५ रुपैयाँमा अन्तिम मूल्य कायम भएको छ।

५ लाख ६३ हजार कित्ता कारोबार हुँदा २० करोड ४४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ। कम्पनीको सेयर आइतबार सबै कम्पनीको भन्दा धेरै भएको हो। पछिल्लो ५२ हप्तामा न्यूनतम १३२ रुपैयाँबाट बढेर ६३५ रुपैयाँसम्म पुगेको थियो। त्यसपछि लगातार घटिरहेको छ। वित्तीय अवस्थामा केही सुधार गरेको कम्पनीमा सेयर लगानीकर्ताको आकर्षण बढिरहेको छ।

upcl.PNG

दोलखा जिल्लामा निर्माणको चरणमा रहेको आयोजनाको भौतिक निर्माण तर्फको काम सम्पन्न भएर उत्पादनको चरणमा प्रवेश गर्दैछ।

११ मेगावाट विजुली उत्पादन गर्ने गरी २०६७ मा कम्पनी स्थापना भए पनि आयोजना निर्माणको काम भने २०७० पछि मात्रै सुरु भएको थियो। 

नेप्सेमा २ करोड १० लाख  कित्ता सूचीकृत रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। 


प्रकाशित : सोमबार, फागुन १६ २०७८०१:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend