बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले गुमाए लगानीको आधा हिस्सा, सेयर मूल्य घटेको घट्यै

आइतबार, फागुन १५ २०७८
नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले गुमाए लगानीको आधा हिस्सा, सेयर मूल्य घटेको घट्यै

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर घोषणा गरेपछि घटेको सेयर मूल्यमा घट्ने क्रम अझै रोकिएको छैन।

कम्पनीले खासगरी ४० प्रतिशतसम्म लाभांश आश गरेका लगानीकर्ता थोरै लाभांशले आत्तिएर बिक्री गर्न थालेपछि सेयर मूल्यमा भारी गिरावट आएको हो। साताको पहिलो दिन पनि २५ रुपैयाँले घटेर १२६७ रुपैयाँ कायम भएको छ।

nlic.PNG

जब कि ५२ हप्ताअगाडि कम्पनीको सेयर मूल्य २३ सय ३१ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको सेयर मूल्य एक वर्षयताकै कम मूल्य कायम भएको छ। गतवर्ष माघमा सेयर मूल्य ३ हजार रुपैयाँ पुगेको थियो। त्यसयता घटेको सेयर मूल्य १२ सय ६७ रुपैयाँ रहेको छ। यस हिसावले हेर्दा कम्पनीका एकवर्ष अगाडि लगानी गर्ने लगानीकर्ताले ५० प्रतिशत गुमाइसकेका छन्। 

आर्थिक वर्ष २०७६/७७ लाभांश घोषणा गरेपछि सेयर मूल्यमा भारी गिरावट आएको छ। कम्पनीले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको थियो। कम्पनीले खासगरी ४० प्रतिशतसम्म लाभांश आश गरेका लगानीकर्ता थोरै लाभांशले आत्तिएर बिक्री गर्न थालेपछि सेयर मूल्यमा भारी गिरावट आउने क्रमजारी रहेको छ। 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को तुलनामा लाभांश घटेको हो। यसअघि इन्स्योरेन्सले ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७७/७८ को पनि लाभांश घोषणा हुन बाँकी नै रहेको छ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण खर्ब भन्दामाथी रहेकोमा अहिले घटेर ९१अर्ब २२ करोड रुपैयाँमा आइपुगेको छ। 


प्रकाशित : आइतबार, फागुन १५ २०७८११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend