आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, भदौ २७ २०८२
आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा तोकिएको छ।

काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७० पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा तोकिएको छ।

त्यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २० पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १३ पैसा र बिक्रीदर १८ रुपैयाँ २१ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपैयाँ १७ पैसा र बिक्रीदर ४६४ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १६ पैसा तथा ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले तोकिएको विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर भने केही फरक हुनसक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२०७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend