आइतबार, असोज ६ गते २०८१    
images
images

पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पति कमाएको भन्दै भष्ट्राचारको मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १५ २०७८
images
images
पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पति कमाएको भन्दै भष्ट्राचारको मुद्दा

उनको सम्पतीमा ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रूपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको देखिन्छ। 

images
images

काठमाडौं- पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्वसचिव रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।

images
images
images

पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारले पूर्वमन्त्री श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले पूर्वमन्त्री श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रूपैयाँ कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढे बढाएको चलअचल सम्पत्ति घर, जग्गातर्फ बैंक मौज्दात गरी ६८ लाख ५० हजार ९ सय ५३ रूपैयाँसमेत रोक्का राखी जफथ गर्न र अपुग बिगो ३ करोड ७६ लाख ७६ हजार ७ सय १३ रूपैयाँ र सो को कानूनबमोजिम हुन आउने ब्याजसमेत आरोपितको नाममा रहेको घर जग्गा जमिन रोक्का राख्नका लागि आयोगले माग गरेको छ।

images

आयोगका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेयता पूर्वमन्त्री श्रेष्ठको कूल आय ६ करोड ९० लाख १६ हजार ६ सय २७ रूपैयाँ बराबर रहेको देखिन्छ। सो अवधिमा उनले कुल ११ करोड ३५ लाख ४४ हजार २ सय ९४ रूपैयाँ बराबर खर्च गरेको देखिन्छ। यस आधारमा ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रूपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको देखिन्छ। 

श्रेष्ठ २०७० सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री बनेका थिए। सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग उनीमाथि लागेको छ। आयोगका अनुसार पूर्वमन्त्री श्रेष्ठ २०३६ कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भई २०६४ माघ ८ गते अनिवार्य अवकाश पाएका थिए। यस्तै, त्यसअघि उनी शिक्षक पदमा २०२६ चैत १८ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। 

नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनःनिर्माण र युवा तथा खेलकूद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तरयापन गरेको पुष्टि भएको आयोगको भनाइ छ। 

आयोगले पूर्वमन्त्री श्रेष्ठको श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घर समेतको स्रोत पुगेको सम्पत्तिसमेतबाट असुल गर्न माग गरेको छ।  आयोगले सरस्वती श्रेष्ठ, सरोज श्रेष्ठलाई प्रतिवादी कामय गरी निजहरुको नाममा रहेको घर जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न माग दाबी गरेको छ।


प्रकाशित : आइतबार, फागुन १५ २०७८१०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend