बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

लगानीकर्ताले एमसीसीमा ग्यारेन्टी खोजेपछि सेयर बजार स्थिर, सम्हालिँदै बजार

आइतबार, फागुन १५ २०७८
लगानीकर्ताले एमसीसीमा ग्यारेन्टी खोजेपछि सेयर बजार स्थिर,  सम्हालिँदै बजार

आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० बिन्दुमा रोकिएको हो।

काठमाडौं- एमसीसी पास भएमा विदेशी मुद्रा नेपाल आउने र पुँजी आपूर्ति बढ्ने विश्वास लगानीकर्ताले गर्दै आएका छन्। सोही कारण केही सातादेखि सेयर बजारमा उथलपुथल हुदैँ आएको छ। सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास गर्ने निर्णयसँगै सेयर बजार थामिएको हो।

साताको पहिलो दिन आइतबार बजार खुल्ने वित्तिकै दोहोरो अंकले घटेपनि दिनभरीको राजनैतिक घटनाक्रमले बजार थामिएको छ। विश्लेषकहरुले एमसीसी पासले विद्युतको प्रशारणलाइन बन्ने विषय समेट्ने भएकाले सेयर लगानीकर्ताले एमसीसी पासको ग्यारेन्टी खोजेको बताएका छन्। आइतबार दिनभर कहिले घट्ने र बढ्ने हुँदै बजार बन्द भएको छ। 

आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० बिन्दुमा रोकिएको हो। ७० लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। 

सोमबारदेखि बजार लयमा फर्कने अनुमान गरिएको छ। एमसीसी विकास परियोजना भएकाले केही सकारात्मक हुनु राम्रो पक्ष रहेकोले बजार सकारात्मक हुनु स्वभाविक भएको विश्लेषक छोटेलाल रौनियार बताउँछन्। ‘राजनीतिक विषयले छोटो समय मात्रै उतारचढाव हुने हो, अन्य सूचकहरु बलियो हुँदै गए बजार स्वत: बढ्छ,’ रौनियारले भने। 

गत साता पनि राजनीतिक उथपुथल हुने संकेत र नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण साताभर सेयर बजार उतारचढाव भएको थियो। साताको पाँच दिनमा तीन दिन घट्दा दुई दिन बजार बढेको थियो। अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट अनुमोदन हुने नहुने विषय र सेयर धितो कर्जाको कडाइको असर सेयर बजारमा परेको थियो। रानीतिक उथलपुथलले पनि असर पार्ने भएकोले त्यसको प्रभाव सेयर बजारमा परिरहेको छ। 

साताको अन्तिम दिन बिहीबार ५८.९९ अंकले घटेर बजार २६६१.४४ बिन्दुमा झरेको थियो। कारोबार ४ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको थियो। मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार भने पुनः घटेको थियो। 

गतसाताको पहिलो दिन आइतबार ३९.४० अंकले बजार घटेको थियो। सोमबार सेयर बजार २५.४१ अंकले बढेको थियो। मंगलबार पनि १७.४२ अंकले बढेर २७३५.९३ बिन्दुमा पुगेको बजार बुधबार १५.५० अंकले घटेर २७२०.४३ बिन्दुमा झरेको थियो।


प्रकाशित : आइतबार, फागुन १५ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend