शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सहकारी संघसंस्थाका लागि १६ प्रतिशत ब्याजदर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १५ २०७८
images
सहकारी संघसंस्थाका लागि १६ प्रतिशत ब्याजदर
images
images

काठमाडौं- सहकारी संघसंस्थाका लागि आज आइतबारदेखि लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ।

images
images
images

सहकारी विभागले सहकारी संघसंस्थालाई जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सन्दर्भ ब्याजदर निर्धारण समितिको सिफारिसमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा तोकेको जनाइएको छ।

images
images

सूचनामा सबै सहकारी संघसंस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा सीमा १६ प्रतिशतमा नबढ्ने गरी बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुने गरी र बचत तथा ऋणको कारोबार गर्ने सबै संघसंस्थाले प्रवाह गर्ने ऋण लगानीमा व्यक्तिगततर्फ एक प्रतिशत र सामूहिक जमानीतर्फ १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गर्ने व्यवस्था गरिएको छ।

images
images

तोकिएको सन्दर्भ ब्याजदर सहकारी संघसंस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहने हुँदा सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघ तथा केन्द्रीय विषयगत संघबाट पालनाको अनुगमन गर्दा सहकारी कानूनबमोजिम हुने विभागका रजिष्टार रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। 


प्रकाशित : आइतबार, फागुन १५ २०७८०७:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend