बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

सहकारी संघसंस्थाका लागि १६ प्रतिशत ब्याजदर

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १५ २०७८
सहकारी संघसंस्थाका लागि १६ प्रतिशत ब्याजदर

काठमाडौं- सहकारी संघसंस्थाका लागि आज आइतबारदेखि लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ।

सहकारी विभागले सहकारी संघसंस्थालाई जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सन्दर्भ ब्याजदर निर्धारण समितिको सिफारिसमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा तोकेको जनाइएको छ।

सूचनामा सबै सहकारी संघसंस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा सीमा १६ प्रतिशतमा नबढ्ने गरी बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुने गरी र बचत तथा ऋणको कारोबार गर्ने सबै संघसंस्थाले प्रवाह गर्ने ऋण लगानीमा व्यक्तिगततर्फ एक प्रतिशत र सामूहिक जमानीतर्फ १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गर्ने व्यवस्था गरिएको छ।

तोकिएको सन्दर्भ ब्याजदर सहकारी संघसंस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहने हुँदा सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघ तथा केन्द्रीय विषयगत संघबाट पालनाको अनुगमन गर्दा सहकारी कानूनबमोजिम हुने विभागका रजिष्टार रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। 


प्रकाशित : आइतबार, फागुन १५ २०७८०७:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend