काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य १४ सय रुपैयाँ घटेको छ। अघिल्लो साता बढेको सुनको मूल्य यो साताको सुरुमै घटेको हो।
शुक्रबार ९८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १४ सय रुपैयाँ घटेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेको छ। आइतबारका लागि चाँदीको मूल्य १२ सय ९५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।