सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

७ महिनामै भित्रियो ११ करोड २३ लाख वटा फेस मास्क

नामिबियाबाट ल्याइएको एउटा मास्कको मूल्य १ हजार

images
शनिबार, फागुन १४ २०७८
images
images
७ महिनामै भित्रियो ११ करोड २३ लाख वटा फेस मास्क

चालु आर्थिक वर्षको ७ महिनामै नेपालले भारत लगायत तेस्रो मुलुकबाट ११ करोड २३ लाख ४६ हजार ७ सय ३५ पिस फेस मास्क आयात गरेको छ।

images
images

काठमाडौं- कोभिड महामहारी सुरुभएसँगै फेस मास्कको आयात बढ्दो छ। चालु आर्थिक वर्षको ७ महिनामै नेपालले भारत लगायत तेस्रो मुलुकबाट ११ करोड २३ लाख ४६ हजार ७ सय ३५ पिस फेस मास्क आयात गरेको छ। 

images
images

यसरी मास्क आयातमै १ अर्ब १ करोड ९५ लाख ३१ हजार रुपैयाँ विदेशिएको छ। नेपाले सबैभन्दा बढी मास्क चीनबाट आयात गरेको छ।

images
images

चीनबाट मात्रै १० करोड ८० लाख पिस भन्दा बढी फेस मास्क आयात भएको छ। चीनबाट मास्क आयातमै नेपालबाट ७६ करोड रुपैयाँ भन्दा बढी रकम बाहिरिएको छ।

images
images
images

चीनबाट आयात भएको मास्कबाट सरकारले ५ करोड ३२ लाख ८१ हजार रुपैयाँ राजस्व उठाएको छ।  

यस्तै नेपालले नामिबियाबाट १ पिस फेस मास्क आयाात गरेका छ। जसको मूल्य १ हजार रुपैयाँ रहेको छ।

नेपालले भारतबाट २१ लाख ९६ हजार ४६ पिस फेस मास्क आयात गरेको छ।

यसैगरी नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, डेनमार्क, फान्स, जर्मनी, इराक, इजरायल, मलेसिया र कतार लगायत दुई दर्जन मुलुकबाट मास्क आयात गरेको छ।

 


प्रकाशित : शनिबार, फागुन १४ २०७८१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend