काठमाडौं- नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)ले आफ्ना सेयरधनीलाई ६.३१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ६.३१ प्रतिशतले हुन आउने रकम लाभांश दिने निर्णय गरेको हो।
आर्थिक वर्ष २०८१/८२ को वितरयोग्य नाफाबाट १ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ नगद लाभांशका लागि छुट्याउने निर्णय भएको हो।
यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाले अनुमोदन गर्नुपर्नेछ भने अर्थ मन्त्रालयको स्वीकृतपछिमात्र वितरण हुनेछ।