बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

आकर्षक लाभांशपछि उत्कृष्ट नाफा तर घट्दैछ हिमालयन डिष्टिलरीको सेयर मूल्य

आइतबार, फागुन १५ २०७८
आकर्षक लाभांशपछि उत्कृष्ट नाफा तर घट्दैछ हिमालयन डिष्टिलरीको सेयर मूल्य

काठमाडौं- सेयरधनीलाई १०० प्रतिशत लाभांश दिएको हिमालयन डिष्टिलरीको सेयर मूल्य लगातार घटिरहेको छ।

कम्पनीको सेयर मूल्य गएको साताको अन्तिम दिन बिहीबार ८८.१० रुपैयाँले घटेर ४०४८ रुपैयाँ कायम भएको छ। ३० हजार ८ सय ४८ कित्ता कारोबार भएको थियो। कम्पनीको सेयर मूल्य ३८७९ रुपैयाँमा समायोजन भएर केही दिन बढेर लगातार घटीरहेको छ।

hdl.PNG

कम्पनीको बजार पुँजीकरण ६१ अर्ब ४६ लाख रुपैयाँ रहेको छ। गत वर्ष ५० प्रतिशत सेयर र ५० प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको थियो। कम्पनीको सेयर मूल्य गत वर्ष १६०० रुपैयाँ रहेको थियो। त्यसपछि लगातार बढेर ७९३८ सम्म पुगेको थियो। अहिले पुन: घट्न थालेपछि सस्तोमै सेयर आउने अनुमान गर्न थालिएको छ। 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उत्कृष्ट नाफा गरेको छ। कम्पनीले पहिलो ६ महिनामा गतवर्ष भन्दा १६.३७ प्रतिशत बढी नाफा कमाएको हो। कम्पनीले ४६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गतवर्ष कम्पनीले ३९ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको प्रतिसेयर आम्दानी ६०.९५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८.२ रुपैयाँ पुगेको थियो।  

कम्पनीले ७५ प्रतिशत सेयर र २५ प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको छ। कम्पनीले अर्कोपटक पनि लाभांश राम्रै दिने गरी नाफा आर्जन गरेको छ। गत वर्ष ५० प्रतिशत सेयर र ५० प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको थियो। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पनि कम्पनीको प्रतिसेयर आम्दानी ९७ रुपैयाँ रहेको थियो। यस अवधिमा कम्पनीले २१ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम ७९३८ रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम ३८७९ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : आइतबार, फागुन १५ २०७८००:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend