शुक्रबार, चैत १६ गते २०८०    
images
images

१२औँ जनगणनाको औपचारिक सुरुवात, यी हुन् पाँच नयाँ विशेषता 

images
बिजनेस न्युज
images
१२औँ जनगणनाको औपचारिक सुरुवात, यी हुन् पाँच नयाँ विशेषता 

त्यस्तै सामुदायिक प्रश्नावली पनि थपिएको छ। प्रत्येक वडाको प्रोफाइल तयार पार्नका लागि यस्तो प्रश्नावली तयार पारिएको छ। यो प्रश्न भने वडा कार्यालयमै भरिने छ। 

images
images

काठमाडौं- १२औँ जनगणना औपचारिक रुपमा बुधबारदेखि सुरु भएको छ। केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि घरपरिवार सूचीकरण बुधबारदेखि देशभर सुरु गरेको छ। 

images
images
images

गएको असारमा सकिनुपर्ने यो गणना कोरोना भाइरस महामारीका कारण सरेको थियो। पछिल्लो साठी वर्षमा पहिलोपटक निर्धारित मितिभन्दा पछि गणना सरेको हो। २०७८ जेठ २५ देखि असार ८ सम्ममा सम्पन्न गर्ने कार्यक्रम निर्धारण भएको थियो। 

images

लडाउनका कारण सरेको मूल गणना कात्तिक २५ गते सुरु भएर मंसिर ९ गते सम्पन्न हुने छ। मुल गणनाअघिको घरपरिवार सूचीकरण बुधबारदेखि सुरु भएको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए।

images
images

‘मेरो गणना, मेरो सहभागिता: राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ  यो पटकको जनगणना हुने छ। 

जनगणनामा  ३९ हजार गणक खटिने छन्। यसपटकको गणनामा गणक छनौट गर्दा पहिलेको भन्दा फरक मापदण्ड तय गरिएको थियो। पहिलेका गणनाहरूमा शिक्षकहरूको बाहुल्यता हुन्थ्यो। तर अहिले गणनामा विद्यार्थी तथा शैक्षिक बेरोजगारहरू प्राथमिकतामा परेका छन्। त्यस्तै ८ हजार सुपरीवेक्षक पनि खटिने भएका छन्। 

७ प्रदेश, ८० जिल्ला र ३४९ स्थानीय जनगणना कार्यालय रहने छन्। १ हजार ७११ जना प्रशिक्षकहरूले गणकलाई प्रशिक्षण दिने छन्। 

बुधबारदेखि सुरु भएको  घरपरिवार सूचीकरणको काम असोज १८ गते सम्पन्‍न हुने छ। 

यी हुन् जनगणना २०७८ का पाँच विशेषता: 

१. संघीयतापछिको पहिलो गणना 

२०७२ सालको नयाँ संविधानले नेपाललाई संघीय प्रशासनमा रूपान्तरण गरेपछि पहिलोपटक गणना हुन थालेको हो। संघीय प्रशासनिक विभाजनपछिको गणना भएकाले यो पटक सोही अनुसारको गणना हुने र तथ्यांक आउने गरी तय गरिएको विभागका उपमहानिर्देशक रेग्मीले जानकारी दिए। यसअघिका गणनामा हिमाल पहाड र तराइ, जिल्ला र अञ्चलको तथ्यांक आउथ्यो। यो पटक भने प्रदेशअनुसार तथ्यांक आउने छ। 

२. सबै घर समेटिने 

रेग्मीका अनुसार यो पटक प्रत्येक घरमा प्रश्न सोधिने छ। पहिलेका गणनाहरूमा केही घर छोडिन्थ्यो। सबै समेट्ने गरेका थिएनन्। तर 'यो पटक हामी सबै घरपरिवारलाई समेट्छौ' रेग्मीले भने। यसबाट प्रत्येक घर परिवारको आर्थिक सामाजिकदेखि शैक्षिक अवस्थाको सूचक ल्याइने छ। 

३. घरको विस्तृत विवरण 

पछिल्लो समय नेपालले बहुआयामिक गरिबीको सूचक निकाल्न थालेको छ। यसका लागि विभागले प्रश्नावलीहरू सोहीअनुसार तय गरेको छ। घरको भौतिक संरचना, प्रकार, आयु, कुन सामग्रीबाट घर बनेको छ? घर परिवारको आर्थिक अवस्था, व्यावसायिक तालिम लिए नलिएको? वित्तीय पहुँच, ऋण लिए नलिएको जस्ता तथ्यांक निकालिने छ। रोजगारदेखि व्यावसायिक संलग्न व्यक्तिगत रुपमै र पारिवारिक आँकडा पनि निकालिने छ। 

४. नयाँ प्रश्‍न
यो पटक केही नयाँ प्रश्न थपिएका छन्। यो पटकको गणनामा बालबालिकाको अवस्थाको बारेमा आँकडा निकालिने छ। उनीहरूले पाएको शिक्षाको अवसर, पोषणको अवस्थाको तथ्यांक निकाल्ने गरी प्रश्न तय भएका छन्। त्यस्तै वित्तीय पहुँच, अहिलेसम्म ऋण लिए नलिएको, बैंक खाता भए नभएको पारिवारिक स्तरमा कतिले यस्तो सुविधा लिएका छन् भनेर प्रश्न सोधिने छ। सरकारी अनुदान लिएर घर बनाए नबनाएको, सीपमूलक तालिम पाए नपाएको जस्ता प्रश्न पनि यो पटक समेटिने छन्। 

यो पटक केन्द्रीय तथ्यांक विभागले सहरी जनसंख्या पहिचनाका लागि पनि प्रश्न तय गरेको छ। यसअघि नगरपालिकाको जति जनसंख्यालाई सहरी जनसंख्याको वर्गमा राख्ने गरिएको थियो। तर यसपटक नगरपालिका धेरै भएकाले वास्तविक सहर कुन हुन् र कुन होइनन् भनेर  तथ्यांक निकालिने छ। 

त्यस्तै सामुदायिक प्रश्नावली पनि थपिएको छ। प्रत्येक वडाको प्रोफाइल तयार पार्नका लागि यस्तो प्रश्नावली तयार पारिएको छ। यो प्रश्न भने वडा कार्यालयमै भरिने छ। 

५. प्रविधिको प्रयोग 
यो जनगणनाको तयारीदेखि नै विभागले प्रविधिको प्रयोगलाई बढावा दिएको थियो। र यो प्रयोग गणनासम्म हुने रेग्मीको भनाइ छ। विभागले गणक छनौटको प्रक्रिया नै अनलाइन माध्यमबाट गरेको थियो। गणनामा पनि ट्यावलेट, इमेल तथा इन्टरनेटको अधिकतम उपयोग हुने उनले बताए।
    

images

प्रकाशित : बुधबार, भदौ ३० २०७८०६:०३
  • सम्बन्धित विषय:

  • # जनगणना
  • # जनगणना २०७८
  • प्रतिक्रिया दिनुहोस
    images
    ट्रेन्डिङ