आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

ओरालोतिरै सेयर बजार, ४ अर्ब ७२ करोड रुपैयाँको मात्र कारोबार

बुधबार, भदौ १८ २०८२
ओरालोतिरै सेयर बजार, ४ अर्ब ७२ करोड रुपैयाँको मात्र कारोबार

काठमाडौं- उतारचढावमा देखिएको सेयर बजार आज बुधबारको कारोबार पनि घटेको छ। यो साता आइतबार ३१.१८ अंकले घटेको बजार सोमबार  १२.९१ अंकले बढेको थियो। मंगलबार १९.८९ अंकले घटेको बजार बुधबार पनि ओरालोतिरै लागेको हो।

आज बुधबारको कारोबारमा बजार १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा झरेको छ। ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको बजारमा ३९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। २१३ कम्पनीको सेयर मूल्य घटेको छ।

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजार पुन: वृद्धितर्फ जान धरमर गरिरहेको छ। लगानीकर्ता पर्ख र हेरको सोचमा नै देखिन्छन्। 


प्रकाशित : बुधबार, भदौ १८ २०८२१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend