बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विस्तारमा ३२ करोड खर्च गरिँदै, चीनको सहयोगमा बोनम्यारो ट्रान्सप्लान्ट भवन बन्ने

बुधबार, भदौ १८ २०८२
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विस्तारमा ३२ करोड खर्च गरिँदै, चीनको सहयोगमा बोनम्यारो ट्रान्सप्लान्ट भवन बन्ने

समग्रमा तीनवटा सेवाका लागि आवश्कय संरचना निर्माणमा ३२ करोड ६ लाख ७७ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा सञ्चालन भइरहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विस्तार तथा स्तरोन्नति हुने भएको छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल राष्ट्रियस्तरको सबैभन्दा ठूलो अस्पताल हो। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हाल ४५० शैय्या क्षमतामा सेवा प्रदान भइरहेको छ। सन् १९९८ मा चीनको सहयोगमा अस्पताल निर्माण भएको थियो।

अस्पतालबाट डायग्नोसिस, थेराप्युटिक र प्रिभेटिभसहितको सेवा सञ्चालन भइरहेको छ। अस्पताल कुल ७५ बिघा १० कठ्ठामा फैलिएको छ। अस्पतालले विभिन्न क्यान्सर उपचार सेवा दिँदै आएको छ।

बढ्दो बिरामीको चाप र आधुनिक उपकरणको आवश्यकताले क्यान्सरजस्ता रोगहरुको अवस्थाबारे पूर्वजानकारी गर्नुका साथै रोगको सहज विधिद्वारा उपचार उपलब्ध गराइ क्यान्सरबाट हुने मृत्यु घटान तीनवटा सेवा विस्तारका लागि संरचना निर्माणको प्रस्ताव गरेको छ।

जसमा एसपीईसीटी एण्ड पीईटी-सीटी स्क्यान, साइक्लोट्रन सुविधा र बोनम्यारो ट्रान्सप्लान्टको संरचना बनाउन लागिएको हो। दुईवटा सेवाका लागि आवश्यक संरचना निर्माणमा नेपाल सरकारको लगानी रहने छ।

बोनम्यारो ट्रान्सप्लान्ट लागि आवश्यक संरचना निर्माणमा भने चीन सरकारको सहयोग हुने छ। अस्पताले २०८०/०८१ मा मात्रै १ लाख ७१ हजार ४ सय ५८ जनालाई ओपीडी सेवा दिएको थियो।

प्रस्तावित साइक्लोट्रन भवन निर्माणमा ६ करोड ९६ लाख २७ हजार ५ सय ५४ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसैगरी पीईटी-सीटीस्क्यान भवन निर्माणमा १० करोड १० लाख ४९ हजार खर्च हुने अनुमान भएको छ। यो दुबै संरचना निर्माणमा सरकारकै लगानी हुने छ।

चीन सरकारको सहयोगमा निर्माण हुने बोनम्यारो ट्रान्सप्लान्ट भवन निर्माणमा १५ करोड खर्च हुने अनुमान गरिएको छ। समग्रमा तीनवटा सेवाका लागि आवश्कय संरचना निर्माणमा ३२ करोड ६ लाख ७७ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।


प्रकाशित : बुधबार, भदौ १८ २०८२१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend