बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

निफ्राको १ करोड ६० लाख कित्ता बोनस सेयर सेयरधनीको खातामा, ५० कित्ता हुनेले कति पाए?

शनिबार, फागुन १४ २०७८
निफ्राको १ करोड ६० लाख कित्ता बोनस सेयर सेयरधनीको खातामा, ५० कित्ता हुनेले कति पाए?

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीलाई बोनस सेयर खातामा पठाएको छ। आईपीओ ५० कित्ता पर्नेहरूको खातामा ४ कित्ता थप भएर ५४ कित्ता भएको छ। 

नेप्सेले गत साताको बिहीबार नै सूचीकृत गरेको भए पनि प्राविधिक कारणले सेयरधनीको खातामा पठाएको थिएन। शनिबार अधिकांश सेयरधनीको खातामा निफ्राको बोनस सेयर आएको छ। 

निफ्राको ८ प्रतिशत अर्थात १ करोड ६० लाख कित्ता बोनस सेयर रहेको छ। बोनस सेयर सूचीकृत भएसँगै अब सम्बन्धित बैंकको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण भएको हो। खातामा आएसँगै आइतबार बोनस सेयर पनि दोस्रो बजारमा कारोबार गर्न पाउने छन्। 


प्रकाशित : शनिबार, फागुन १४ २०७८०९:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend