आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सेयर बजारमा देखिएन सुधार, एकदिनको वृद्धिपछि पुन: ओरालोतिरै

मंगलबार, भदौ १७ २०८२
सेयर बजारमा देखिएन सुधार, एकदिनको वृद्धिपछि पुन: ओरालोतिरै

मंगलबार २९ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ४३ करोड ८२ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- यो साता पहिलो कारोबारमा घटेर दोस्रो दिन बढेको सेयर बजार पुन: ओरालोतर्फ लागेको छ। मंगलबार बजार १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा ओर्लिएको छ।

मंगलबार २९ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ४३ करोड ८२ लाख रूपैयाँको कारोबार भएको छ। आज २२१ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

लगातार तीन दिनमा ७९.०१ अंकले बढेर गतसाताको अन्तिम कारोबारमा घटेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार ३१.१८ अंकले घटेर २७४९.८३ बिन्दुमा झरेको थियो।

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजार पुन: वृद्धितर्फ जान धरमर गरिरहेको छ। लगानीकर्ता पर्ख र हेरको सोचमा नै देखिन्छन्।


प्रकाशित : मंगलबार, भदौ १७ २०८२१५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend