शुक्रबार, जेठ ४ गते २०८१    
images
images

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन १४ २०७८
images
images
बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने
images
images

लमजुङ- लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ। यस सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर हरि श्रेष्ठले बताए। 

images
images
images

मनाङको नासोँ गाउँपालिका वडा नम्बर ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो। त्यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो।

images

पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकोमा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो। त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरी समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण सुरु गर्न लागेको उनको भनाइ छ। 

images
images

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो। सो सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ। रासस

images
images


प्रकाशित : शनिबार, फागुन १४ २०७८०७:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend