आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सेयर बजार पुन: धरमर, ३१ अंकले घट्यो, ६ अर्ब रुपैयाँको कारोबार

आइतबार, भदौ १५ २०८२
सेयर बजार पुन: धरमर, ३१ अंकले घट्यो, ६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं- लगातार तीन दिनमा ७९.०१ अंकले बढेर गतसाताको अन्तिम कारोबारमा घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालोतिर नै लागेको छ। 

अघिल्लो चार सातामा समग्रमा २२४.६६ अंकले ओरालो लागेको सेयर बजार गएको साता २३.०२ अंकले बढेको थियो। उतारचढावको अवस्थामा नै देखिएको बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकेका देखिँदैनन्। 

गएको आइतबार १८.०२ अंकले ओरालोतर्फ लागेको बजार त्यसपछि लगातार तीन दिन उकालोतर्फ लागेको थियो। सोमबार २१.३० र मंगलबार ४.८३ अंकले बढेको बजार बुधबार ५३.०१ अंकले बढेको थियो भने बिहीबार ३८.१० अंकले घटेको थियो। 

यो साता पहिलो कारोबारमा आइतबार ३१.१८ अंकले घटेर २७४९.८३ बिन्दुमा झरेको छ। ६ अर्ब ६ करोड १८ लाख रुपैयाँको कारोबार भएको बजारमा २१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। २२८ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजार पुन: वृद्धितर्फ जान धरमर गरिरहेको छ। जहाँ लगानीकर्ता पर्ख र हेरको सोचमा देखिन्छन्। 

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।


प्रकाशित : आइतबार, भदौ १५ २०८२१५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend