बिहीबार , वैशाख १३ गते २०८१    
images
images

भारतमा आक्रामक बजार विस्तारको योजनामा जिप, दुई नयाँ मोडल ल्याउने

images
images
images
भारतमा आक्रामक बजार विस्तारको योजनामा जिप, दुई नयाँ मोडल ल्याउने

गत वर्ष जिपले भारतमा २५ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो।

images
images

काठमाडौं- अमेरिकी एसयूभी ब्रान्ड जिपले भारतमा कम्पास उत्पादन थालेसँगै राम्रो बजार विस्तार गरिरहेको छ। यस्तैमा जिपले यो वर्ष भारतमा दुईवटा नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ। 

images
images
images

सवारी उत्पादक कम्पनीहरुको समूह स्टेलेन्टिसको स्वामित्वमा रहेको जिपले भारतमा दुई एसयूभी ल्याउने बताएको हो। जिपले मेरिडियन र भारतमै ग्रान्ड चेरोकी समेत उत्पादन गर्ने भएको छ। जिप भारतीय बजारका लागि केन्द्रित हुने योजनामा रहेको जिपका प्रमुख कार्यकारी क्रिष्टिना मिनुयरले बताइन। ‘हामी भारतमा बजार विस्तार गर्न चाहन्छौं,’ उनले भनिन्, ‘त्यसका लागि हामीले हाम्रो ध्यान भारतीय बजारमा लगाउने छौं।’ 

images

हाल भारतीय कार बजारमा जिपको बजार हिस्सा १ प्रतिशतभन्दा कम रहेको छ। गत वर्ष जिपले भारतमा २५ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो। त्यतिबेला कम्पनीले भारतमा ४ नयाँ एसयूभी सार्वजनिक गर्ने बताएको थियो। 

images

जिपले दक्षिण अमेरिकी मुलुकमा मासिक १५ हजार वटा एसयूभी बिक्री गर्दै आएको छ भने भारतमा मासिक १ हजार हाराहारीमा जिप बिक्री हुँदै आएको छ। कम्पनीको नयाँ योजनाअनुसार भारतीय बजारलाई दक्षिण अमेरिकी बजार सरह पुर्‍याउने रहेको छ।

images
images

जिपले विद्युतीकरणलाई प्राथमिकता दिँदै २०२५ सम्ममा केही मोडल उत्पादन गर्ने बताएको छ। जिपका विद्युतीय सवारी भारतमा समेत प्राथमिकताका साथ सार्वजनिक गर्ने बताएको छ।

जिपको कम्पास तथा र्‍याङलर नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ। एमएडब्लू लाइफले जिप उपलब्ध गराउँदै आएको छ। जिपको कम्पास र र्‍याङलर नेपाली बजारमा लोकप्रिय मोडलमा पर्छन्। 

images

प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०१:४५

प्रतिक्रिया दिनुहोस