शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

ढोरपाटनमा सुरु भयो सिकारयाम

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १३ २०७८
images
images
ढोरपाटनमा सुरु भयो सिकारयाम
images
images

बागलुङ- ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ। प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए। सिकार खेलाउन इच्छुक कम्पनीले १५ दिनभित्रमा विभागमा दरभाउपत्र बुझाउने छन्।

images
images

बोलपत्रको प्रक्रियाबाट छानिएपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउने प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ। गत सिकारयाममा नेपाल ट्राभल एक्पिडिशन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्रयाक एण्ड ट्रेल्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले सिकार खेलाएको थियो।

images
images

यसपालि पनि यिनै कम्पनीबीच प्रतिस्पर्धा हुने ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीले बताए। बोलपत्रमा हुने प्रतिस्पर्धापछि बल्ल कम्पनीले पाउने सिकारको कोटा र दर थाहा हुन्छ। सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ। 

images
images

कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहनन्। माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन्। तीन वर्षअघि (फागुन-वैशाख)को याममा एउटा नाउर सिकारको १३ लाख ५१ हजार र झारल सिकारको १३ लाख ५० हजार रूपैयाँसम्म राजस्व बुझाउन कम्पनी तयार भएका थिए।

आरक्षमा बर्सेनि (असोज-मङ्सिर), (फागुन-वैशाख) गरी दुई याममा नाउर र झारलको सिकार खुला हुन्छ। विभागले दुवै याममा गरी वर्षमा जम्मा २० नाउर र ११ झारलको सिकार कोटा निर्धारण गर्ने गर्छ। गत सिकारयाममा १० नाउर र छ झारलको सिकार कोटा छुट्याइए पनि नौ नाउर तथा तीन झारलको मात्र सिकार गरिएको थियो।

अनुमति पाएर पनि सिकारी नआएपछि सिकार कम भएको हो। यस याममा भने विदेशी सिकारी ढोरपाटन आउन आतुर रहेको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक पराजुलीले बताए। महामारीको जोखिम न्यून हुँदै जाँदा विदेशीहरू साहसिक र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन आउन उत्सुक देखिएका हुन्। 

कोभिड-१९ को प्रकोपले यात्रामा प्रतिबन्ध लाउँदा गएका केही याममा ढोरपाटनमा सिकार नै हुन सकेन। बोलपत्र टुङ्गिएपछि पेशेवर विदेशी सिकारी, कम्पनीका प्रतिनिधिसहितको टोली सिकार खेल्न स्थलमा आउने आरक्ष कार्यालयले जनाएको छ। 

हरेक वर्ष फागुन दोस्रो हप्तातिरबाट आरक्षमा यस यामको सिकार खेल्न सुरु हुन्छ। छनोटमा परेका कम्पनीले वैशाख अन्त्यसम्ममा सिकार खेलाउँछन्। 'विभागले निर्धारित गरेको ब्लकमा पुगेर कम्पनीलाई तोकिएअनुसारको सङ्ख्यामा नाउर र झारलको सिकार खेलाउने गरिन्छ', प्रबन्ध निर्देशक पराजुलीले भने। 

विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो। सिकार खेलाएर आरक्षले वर्षेनी करोडौँ राजस्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ। व्यवस्थित सिकारका लागि आरक्षभित्र सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात ‘ब्लग’ तोकिएको छ। सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त सिकारी ढोरपाटन आउँछन्। सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन्।

सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्ने गरेको छ । एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चन्छन्। सिकारीहरू हेलिकोप्टरबाट आरक्ष पुग्छन्। १ हजार ३ सय २५ वर्गकिमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी तथा हिमाली भू-भागमा पर्छ। रासस


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend