आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सेयर बजार पुन: घट्यो, पर्ख र हेरको सोचमा लगानीकर्ता

बिहीबार , भदौ १२ २०८२
सेयर बजार पुन: घट्यो, पर्ख र हेरको सोचमा लगानीकर्ता

काठमाडौं- लगातार तीन दिनमा ७९.०१ अंकले बढेको सेयर बजार पुन: घटेको छ। 

गएको साता समग्रमा ३०.३९ अंकले घटेर यो साताको पहिलो कारोबारमा आइतबार १८.०२ अंकले ओरालोतर्फ लागेको बजार त्यसपछि लगातार तीन दिन उकालोतर्फ लागेको थियो। सोमबार २१.३० र मंगलबार ४.८३ अंकले बढेको बजार बुधबार ५३.०१ अंकले बढेको थियो।

बिहीबार भने ३८.१० अंकले घटेर बजार ७२८१ बिन्दुमा झरेको छ। २४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। २२७ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको चार सातामा समग्रमा २२४.६६ अंकले ओरालो लागेको सेयर बजार यो साता आइतबार १८.०२ अंकले घटेकोमा त्यसयता सुधारतर्फ देखिएको थियो। २८०० को बिन्दुबाट उकालो लागेको बजार फेरि तल झरेको हो।

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजार पुन: वृद्धितर्फ जान धरमर गरिरहेको छ। जहाँ लगानीकर्ता पर्ख र हेरको सोचमा देखिन्छन्। 


प्रकाशित : बिहीबार , भदौ १२ २०८२१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend