काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा छ। स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०५ पैसा कायम भएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा छ। त्यस्तै चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा तोकिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा कायम भएको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ।
स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४ रुपैयाँ ६५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७२ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा रहेको छ।
यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८ रुपैयाँ ०६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।
राष्ट्र बैंकले तोकेको यो दरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने भएकाले आधिकारिक अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ। रासस