शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

एक व्यक्ति कागजपत्र बिना जहाजसम्म पुगेको घटनाको छानबीन गर्न ९ सदस्यीय समिति

images
शुक्रबार, फागुन १३ २०७८
images
images
एक व्यक्ति कागजपत्र बिना जहाजसम्म पुगेको घटनाको छानबीन गर्न ९ सदस्यीय समिति
images
images

काठमाडौं- सोमबार राति कतार उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा एक व्यक्ति बिना कागजपत्र जहाजसम्म पुगेको विषयमा छानबीन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

images
images

मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा छानबीन समिति गठन गरेको हो। विमानस्थलको सुरक्षाको दृष्टिकोण अतिसंवेदनशील भएको भन्दै छानबीन समिति गठन गरेको हो। समितिलाई ७ दिनको समय दिइएको छ।

images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षालाई गिज्याउने त्यो घटना

images
images

गएको सोमबार राति पौने ११ बजे नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाजको कतार उडान तालिका तय भएको थियो। सोहीअनुसार नै सम्पूर्ण तयारी भएको थियो।

जहाजको कमान्ड गर्दै थिए नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा। तर जहाज समयमा उडान गर्न सकिएन। जहाज समयमै उडान गर्न नसक्नुको कारण थियो, जहाजभित्र पहिले नै गएर एक व्यक्ति बिजनेस क्लासको सिटमा बसिरहेका थिए।

जहाजमा बसेको मान्छेसँग न त भिसा कपी थियो न त पासपोर्ट नै थियो। न त उनी कुनै सुरक्षा जाँच प्रक्रिया पूरा गरेर जहाजमा पुगेका थिए।

जहाजमा रहेको मान्छे माथि शंका उत्पन्न भयो। सुरक्षाका खटिएका प्रहरी तथा विमानस्थलका कर्मचारीहरूले उनलाई केरकार गर्न थाले। तर उनीसँग केही थिएन। उनलाई प्रहरीले पक्राउ ग¥यो। गौशाला प्रहरी वृतमा लगेर उनलाई राखियो। उनलाई प्रहरीले अनुसन्धान तथा सोधखोजकै लागि थुनामा राख्ने गरी समय थपको अनुमति लिइसकेको छ।

ती व्यक्ति कसरी जहाजसम्म पुगे भन्ने विषयमा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, प्रहरी लगायतका सुरक्षा निकायले अध्ययन अनुसन्धान गरिरहेको छ। यसैबीच गृहले पनि छानबिन गर्न समिति गठन गरेको छ।

साथै नेपाल वायुसेवा निगमले पनि उक्त दिने विमानस्थलको कमान्डलाई निलम्बन गरिसकेको छ। अहिले प्रहरीले उनको मानसिक सन्तुलन ठीक नभएको भन्दै आएको छ। प्रहरीले उनले विभिन्न खाले फरक जवाफ दिएको बताइरहेको छ। ती व्यक्ति थिए– रौतहटका हस्पम आलम। तर उनको अन्य विवरण अहिलेसम्म खुल्न आएको छैन।

ती व्यक्ति यसरी विमास्थलमा प्रवेश गरेको यो पहिलो घटना भने होइन। उनी एक महिनाअगाडि पनि विमानस्थलको रन–वेसम्म पुगेको रहस्यसमेत खुल्न आएको छ।

एक महिनाअगाडि पनि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई छोडेको प्रहरी स्रोतकै भनाइ छ। तर अहिले दोस्रो पटक त उनी जहाजभित्रै गएर बसेपछि यो विषय बाहिर आएको हो। 


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend