आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

वृद्धितर्फ लय समात्दै सेयर बजार, लगातार तीन दिन हरियाली

बुधबार, भदौ ११ २०८२
वृद्धितर्फ लय समात्दै सेयर बजार, लगातार तीन दिन हरियाली

काठमाडौं- गएको साता समग्रमा ३०.३९ अंकले घटेर यो साताको पहिलो कारोबारमा आइतबार १८.०२ अंकले ओरालोतर्फ लागेको सेयर बजार त्यसयता लगातार तीन दिन उकालोतर्फ लागेको छ। तीन दिनमा बजार ७९.०१ अंकले बढेको छ। 

सोमबार बजार २१.३० र मंगलबार ४.८३ अंकले बढेको बजार बुधबार ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेको छ। २३२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। १९ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको चार सातामा समग्रमा २२४.६६ अंकले ओरालो लागेको सेयर बजार यो साता आइतबार १८.०२ अंकले घटेकोमा त्यसयता सुधारतर्फ देखिएको हो। २८०० को बिन्दुबाट उकालो लागेको बजारमा केही लय देखिएको छ। 

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजार पुन: वृद्धितर्फको लयमा देखिन थालेको छ। 


प्रकाशित : बुधबार, भदौ ११ २०८२१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend