आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

४.८३ अंकले बढ्यो सेयर बजार, ४ अर्ब १८ करोड रुपैयाँको कारोबार

मंगलबार, भदौ १० २०८२
४.८३ अंकले बढ्यो सेयर बजार, ४ अर्ब १८ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको साता समग्रमा ३०.३९ अंकले घटेर यो साताको पहिलो कारोबारमा आइतबार ओरालोतर्फ लागेको सेयर बजार साताको दोस्रो र तेस्रो दिनको कारोबारमा उकालो लागेको छ। 

सोमबार बजार २१.३० अंकले बढेर २७६१.२६ बिन्दुमा उक्लिएको सेयर बजार मंगलबार ४.८३ अंकले बढेर २७६६.०९ बिन्दुमा पुगेको छ। १०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। १४९ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको चार सातामा समग्रमा २२४.६६ अंकले ओरालो लागेको सेयर बजार यो साता आइतबार १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा झरेको थियो। 

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।


प्रकाशित : मंगलबार, भदौ १० २०८२१५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend