आइतबार, असोज ६ गते २०८१    
images
images

राजस्व संकलन र सरकारी खर्चबीच तालमेल नहुँदा अर्थतन्त्र संकटमा : वरिष्ठ उपाध्यक्ष ढकाल

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १३ २०७८
images
images
राजस्व संकलन र सरकारी खर्चबीच तालमेल नहुँदा अर्थतन्त्र संकटमा : वरिष्ठ उपाध्यक्ष ढकाल

संघीयसहित प्रदेश र स्थानीय सरकारको खर्च गर्ने परिमाण न्यून भएको तर राजस्व संकलन ९० प्रशितभन्दा बढी हुँदा तरलता संकटको अवस्था आएको उनको भनाइ छ। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन्।

images
images
images

सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै समस्या देखिने गरेको र यसबाट निजी क्षेत्र प्रत्यक्ष रूपमा मर्कामा परेको प्रतिक्रिया दिएका छन्।

‘राजश्व संकलन शतप्रतिशत हुने तर खर्च नहुँदा तरलता समस्या सृजना भएको छ,’ पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै ढकालले भने, ‘यसका निम्ति खर्च गर्नैपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरिनुपर्छ।’

वरिष्ठ उपाध्यक्ष ढकालले तरलता संकट समाधानका लागि सरकारको खर्च प्रणालीमा सुधार हुनुपर्नेमा जोड दिए। संघीयसहित प्रदेश र स्थानीय सरकारको खर्च गर्ने परिमाण न्यून भएको तर राजस्व संकलन ९० प्रशितभन्दा बढी हुँदा तरलता संकटको अवस्था आएको उनको भनाइ छ। 

images

यसका निम्ति खर्च गर्नैपर्ने प्रणालीको विकासका साथै राजनीतिक र प्रशासनिक नेतृत्वलाई जिम्मेवार बनाउनुपर्ने पनि ढकालले बताए। यस्तै, सरकार फेरिएसँगै बजेट र कार्यक्रम संशोधन हुने नीतिगत अस्थिरता पनि समस्याका रुपमा रहेको बताए। 

आईएमई समूहका अध्यक्ष समेत रहेका ढकालले पर्वत भित्र र समग्र गण्डकी प्रदेशमा निजी क्षेत्रको लगानीमा स्थानीयस्तरमा बन्ने आयोजनाहरूमा आफ्नो तथा समूहको साझेदारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend