मंगलबार, मंसिर २५ गते २०८१    
images
images

नेपालको खेर जाने ८५० मेगावाट बिजुली भारतले खरिद गर्ला कि टार्ला?

गत वर्ष खरिद नगर्दा साढे पाँच अर्बकाे बिजुली खेर

images
शुक्रबार, फागुन १३ २०७८
images
images
नेपालको खेर जाने ८५० मेगावाट बिजुली भारतले खरिद गर्ला  कि टार्ला?
images
images

काठमाडौं- नेपालबाट ८५० मेगावाट बिजुली खरिद गर्न भारत तयार देखिएको छ। दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबारको बैठकमा भारतपक्ष नेपालको ८५० मेगावाट बिजुली खरिद गर्न सहमत भएको हो।

images
images
images

भारतले खासगरी भारतीय लगानी र ठेकेदार कम्पनीबाट निर्माण भएका आयाेजनाका मात्रै बिजुली खरिद गर्ने बताउँदै आएकाे छ। बैठकमा सहमति दिए पनि नेपालले भने झैँ सबै आयाेजनाका बिजुली भारतले किन्नेमा भने आशंका रहेकाे छ। 

images

बैठकमा नेपालले माथिल्लो तामाकोसीसहित विभिन्न आठवटा आयोजनाको विद्युत किन्न प्रस्ताव गरेको थियो। नेपालमा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको हो। भारतले यसअघि दुई आयोजना गण्डक र त्रिशुलीको कुल ३९ मेगावाट विद्युत खरिद गरेको थियो।

images

बैठकमा विद्युत् व्यापारसम्बन्धी प्रचलित नियमानुसार चाँडै सहमति दिन भारतीय पक्ष तयार भएकोसमेत ऊर्जा मन्त्रालयले जनाएको छ। भारतको सहमतिपछि नेपालको बिजुली भारतीय बजारमा प्रवेश गर्नेछ।

गत वर्ष नेपाल विद्युत प्राधिकरणका अनुसार साढे ५ अर्बभन्दा बढीको बिजुली खेर गएको अनुमान गरेको थियो। बैठकमा नेपाल र भारतको पश्चिम बङ्गाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावनाबारे संयुक्त प्रविधि टोलीले अध्ययन गर्ने समहति समेत भएको छ। 

नेपालबाट भारतमा विद्युत ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनमार्फत जानेछ। दुई देशबीच नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति समेत भएको छ। अध्ययनपछि नेपालको एक ठूलो आयोजना निर्माणमा भारतले चासो दिएको छ। बुढीगण्डकीदेखि माथिल्लो कर्णालीसम्ममा भारतीयहरूले चासो दिएका छन्। नेपालले पनि एक ठूलो आयोजना निर्माणमा भारतलाई अध्ययनपछि प्रस्ताव गर्ने तयारी गरेको छ। 

भारतको सरकारी स्वामित्वको सतलज विद्युत् निगमले सङ्खुवासभामा कूल ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। सो आयोजनाको हालसम्म भौतिक प्रगति ५० प्रतिशतको हाराहारीमा पुगेको छ। भारतीय कम्पनी ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर) ले जिम्मा लिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको भने हालसम्म कुनै प्रगति भएको छैन।

हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४ सय केभी क्षमताको प्रसारण लाइनबाट आयात निर्यात भइरहको बिजुलीको क्षमता वृद्धि गर्ने विषयमा पनि सहमति भएको छ। सो प्रसारण लाइनबाट ३ सय ५० मेगावाट बराबरको बिजुली आयात भएको छ। सो क्षमता वृद्धि गरी ६ सय मेगावाट पुर्‍याइने भएको छ।

यस्तै हेटौँडा-ढल्केबर इनरुवा ४ सय केभी क्षमताको प्रसारण लाइन सन् २०२३ मा सम्पन्न भएपछि उक्त प्रसारण लाइनबाट आयात निर्यात हुने विद्युत्को क्षमतालाई थप बढाइनेछ।


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend