आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

२१ अंकले बढ्यो सेयर बजार, ५ अर्ब ७५ करोडको कारोबार

सोमबार, भदौ ९ २०८२
२१ अंकले बढ्यो सेयर बजार, ५ अर्ब ७५ करोडको कारोबार

१७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ७ अर्ब ७५ करोड ३२ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- गएको साता समग्रमा ३०.३९ अंकले घटेर यो साताको पहिलो कारोबार दिन पनि ओरालोतर्फै लागेको सेयर बजार साताको दोस्रो कारोबारमा भने उकालो लागेको छ। 

सोमबार बजार २१.३० अंकले बढेर २७६१.२६ बिन्दुमा उक्लिएको छ। १७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ५ अर्ब ७५ करोड ३२ लाख रूपैयाँको कारोबार भएको छ। आज ७१ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

यो साता आइतबार बजार १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा झर्दा ६ अर्ब ५४ करोडको कारोबार भएको थियो।

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।


प्रकाशित : सोमबार, भदौ ९ २०८२१६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend