बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

शिखर इन्स्योरेन्सको हकप्रदमा चैत १ देखि आवेदन दिन पाइने, बुक क्लोज कहिले?

शुक्रबार, फागुन १३ २०७८
शिखर इन्स्योरेन्सको हकप्रदमा चैत १ देखि आवेदन दिन पाइने, बुक क्लोज कहिले?

काठमाडौं- शिखर इन्स्योरेन्सले चैत १ गतेदेखि हकप्रद बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस हिसाबमा माघ २० गते कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने छन्।

कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। लगानीकर्ताले चैत्र २१ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन्। 

 


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend