आइतबार, असोज ६ गते २०८१    
images
images

बिहीबार २५ सयले बढेको सुनको मूल्य शुक्रबार १ हजार रूपैयाँले घट्यो 

images
शुक्रबार, फागुन १३ २०७८
images
images
बिहीबार २५ सयले बढेको सुनको मूल्य शुक्रबार १ हजार रूपैयाँले घट्यो 

शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँले बढेर १ हजार ३ सय ३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।

images
images

काठमाडौं- सुनचाँदी बजारमा बिहीबार २५ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार तोलामा १ हजार रूपैयाँले घटेको छ। शुक्रबार सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। 

images
images
images

सुन बुधबार प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रूपैयाँ तोकिएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ५ सय थियो।

त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँले बढेर १ हजार ३ सय ३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

images


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend