बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

एचआईडीसीएलले ल्याएको ३ करोड ३० लाख कित्ता सेयर लिलाम बिक्री रोकियो, अब कहिले खुल्छ?

शुक्रबार, फागुन १३ २०७८
एचआईडीसीएलले ल्याएको ३ करोड ३० लाख कित्ता सेयर लिलाम बिक्री रोकियो, अब कहिले खुल्छ?

काठमाडौं- हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयर लिलाम प्रक्रिया स्थगित भएको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशनमा लिलाम प्रक्रिया स्थगित गरिएको हो। कम्पनीले सूचना प्रकाशन गर्दै नेपाल धितोपत्र बोडको पत्रका आधारमा अर्को सूचना प्रकाशन नभएकासम्मका लागि स्थागित गरिएको जनाएको छ।

कम्पनीले फागुन १ गतेदेखि ३ करोड ३० लाख कित्ता संस्थापक सेयर लिलाममा ल्याएको थियो। यसअघिको हकप्रदमा तथा लिलाममा पनि बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर कम्पनीले फागुन १ देखि पुनः लिलामीमा ल्याएको हो।

कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्री नभएको संस्थापक समुहको सेयर फागुन १ देखि पुनः लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने निर्णय गरेको थियो। इच्छुक तथा योग्य जो कोहि व्यक्ति तथा संस्थाले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म लिलाम बढाबढमा भाग लिन पाउने ब्यबस्था थियो। तर लिलाम बिक्री बन्द हुनु २ कार्य दिन अगाडि मात्र सम्पूर्ण लिलाम प्रक्रिया स्थगित भएको हो।

कम्पनीले १ः१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, ऊर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ।

तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन्। यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता सेयर बिक्री नभएको हो।

hidcl.jpg


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend