काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा सेयर धितो कर्जा (मार्जिन कर्जा)मा खुकुलो नीति अघि सारेपछि वाणिज्य बैंकहरूले पुँजी बजारमा लगानी बढाएका छन्।
राष्ट्र बैंकले सेयर कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ र जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत गरेको छ। यसको प्रभाव बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्। यो अघिल्लो वर्षको ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँको तुलनामा ६६.०५ प्रतिशत अर्थात् ४६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ बढी हो।
विशेषगरी केही बैंकले सेयरमा लगानी दोबरभन्दा बढी बढाएका छन्। माछापुच्छ्रे बैंकले ४४२.०९ प्रतिशत बढाएर २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ, जब कि अघिल्लो वर्ष ४६ करोड ७० लाख रुपैयाँमात्रै प्रवाह गरेको थियो।
सबैभन्दा बढी सेयर कर्जा दिने बैंक भने नबिल बैंक रहेको छ। यसले ४६.६८ प्रतिशत बढाएर १६ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ सेयरमा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकको लगानी ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ थियो।
अन्य बैंकहरूले पनि उल्लेखनीय वृद्धि देखाएका छन्। नेपाल एसबिआई बैंकले २०७.१५ प्रतिशत बढाएर ६१ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ।
कृषि विकास बैंकले १९२.६६ प्रतिशत बढाएर ४ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, एनएमबि बैंकले १४४ प्रतिशत बढाएर २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १४३.५३ प्रतिशत बढाएर ८ अर्ब २५ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकले १३८.४ प्रतिशत बढाएर १० अर्ब ४३ करोड ३२ लाख रुपैयाँ, प्राइम बैंकले १०४.२९ प्रतिशत बढाएर ८ अर्ब २८ करोड १५ लाख रुपैयाँ र सानिमा बैंकले १००.५१ प्रतिशत बढाएर ३ अर्ब ३१ करोड १५ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन्।
राष्ट्र बैंकको तथ्यांकअनुसार अन्य बैंकहरूले पनि लगानी वृद्धि गरेका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगाले ८१.३० प्रतिशत बढाएर ३ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ६९.७२ प्रतिशत बढाएर ३ अर्ब ४४ करोड रुपैयाँ, प्रभु बैंकले ६८.०६ प्रतिशत बढाएर ५ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ६३.७४ प्रतिशत बढाएर १२ अर्ब ३० करोड ९३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६०.२९ प्रतिशत बढाएर ९ अर्ब २८ करोड ७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४६.१७ प्रतिशत बढाएर ७ अर्ब २६ करोड ६२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४४.४९ प्रतिशत बढाएर ६ अर्ब १५ करोड ८७ लाख रुपैयाँ, हिमालयन बैंकले ३४.८८ प्रतिशत बढाएर २ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ र नेपाल बैंकले १५.९५ प्रतिशत बढाएर ७ अर्ब ८६ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ। तर एनआईसी एसिया बैंकले भने ४८.२१ प्रतिशत घटाएर २ अर्ब ५ करोड ५२ लाख रुपैयाँ मात्रै सेयरमा लगानी गरेको छ।
|
बैंकको नाम |
वृद्धिदर (प्रतिशत) |
वृद्धि रकम (रु.) |
नयाँ लगानी रकम (रु.) |
|
माछापुच्छ्रे बैंक |
४४२.०९ |
२ अर्ब ६ करोड |
२ अर्ब ५३ करोड १९ लाख |
|
नबिल बैंक |
४६.६८ |
५ अर्ब ३३ करोड ५४ लाख |
१६ अर्ब ७६ करोड ३२ लाख |
|
नेपाल एसबिआई बैंक |
२०७.१५ |
४१ करोड ७६ लाख |
६१ करोड ९१ लाख |
|
कृषि विकास बैंक |
१९२.६६ |
३ अर्ब ६ करोड ६४ लाख |
४ अर्ब ६५ करोड ८० लाख |
|
एनएमबि बैंक |
१४४ |
१ अर्ब ४१ करोड २४ लाख |
२ अर्ब ३९ करोड ३२ लाख |
|
लक्ष्मी सनराइज बैंक |
१४३.५३ |
४ अर्ब ८६ करोड ५१ लाख |
८ अर्ब २५ करोड ४५ लाख |
|
कुमारी बैंक |
१३८.४० |
६ अर्ब ५ करोड ७० लाख |
१० अर्ब ४३ करोड ३२ लाख |
|
प्राइम बैंक |
१०४.२९ |
४ अर्ब २२ करोड ७७ लाख |
८ अर्ब २८ करोड १५ लाख |
|
सानिमा बैंक |
१००.५१ |
१ अर्ब ६६ करोड |
३ अर्ब ३१ करोड १५ लाख |
|
नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) |
८१.३० |
१ अर्ब ५१ करोड |
३ अर्ब ३६ करोड ९१ लाख |
|
एभरेष्ट बैंक |
६९.७२ |
१ अर्ब ४१ करोड |
३ अर्ब ४४ करोड |
|
प्रभु बैंक |
६८.०६ |
२ अर्ब १६ करोड ५३ लाख |
५ अर्ब ३४ करोड ६८ लाख |
|
ग्लोबल आइएमई बैंक |
६३.७४ |
४ अर्ब ७९ करोड २० लाख |
१२ अर्ब ३० करोड ९३ लाख |
|
सिद्धार्थ बैंक |
६०.२९ |
३ अर्ब ४९ करोड ९ लाख |
९ अर्ब २८ करोड ७ लाख |
|
सिटिजन्स बैंक |
४६.१७ |
२ अर्ब २१ करोड ९६ लाख |
७ अर्ब २६ करोड ६२ लाख |
|
राष्ट्रिय वाणिज्य बैंक |
४४.४९ |
१ अर्ब ८९ करोड ६४ लाख |
६ अर्ब १५ करोड ८७ लाख |
|
हिमालयन बैंक |
३४.८८ |
७० करोड १७ लाख |
२ अर्ब ७१ करोड ३५ लाख |
|
नेपाल बैंक |
१५.९५ |
१ अर्ब ८ करोड १५ लाख |
७ अर्ब ८६ करोड २४ लाख |
|
एनआईसी एसिया बैंक |
-४८.२१ |
-१ अर्ब ९१ करोड ३८ लाख |
२ अर्ब ५ करोड ५२ लाख |