सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

संसद बैठक : आज एमसीसीमाथि छलफल हुने

images
शुक्रबार, फागुन १३ २०७८
images
images
संसद बैठक : आज एमसीसीमाथि छलफल हुने

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आज शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ।

images
images

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ।

images
images

प्रतिनिधिसभाको बिहीबारको बैठकका लागि निर्धारण गरिएको कार्यसूची नै आजका लागि पनि राखिएको हो। बिहीबारको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो।

images
images
images

आजको बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्नुहुने कार्यक्रम राखिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक राखेका छन्। संसद् सचिवालयका अनुसार एमसीसी प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेश भएपछि बोल्न चाहने सांसदले छलफलमा भाग लिनेछन्। सरकारले यही फागुन ८ गते आइतबार एमसीसी सदनमा टेबल गरेको थियो। रासस


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend