आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

हिमालयन डिस्टिलरीको सेयरमा लगानीकर्ता झुम्मिँदा कारोबार रकममा उछाल

आइतबार, भदौ ८ २०८२
हिमालयन डिस्टिलरीको सेयरमा लगानीकर्ता झुम्मिँदा कारोबार रकममा उछाल

१ अर्ब ७५ करोड रुपैयाँबराबर हिमालयन डिस्टिलरीको सेयर कारोबार भएको छ। यसदिन कम्पनीको सेयर मूल्य ३.६० प्रतिशत बढेर प्रतिकित्ता १४२१ रुपैयाँ पुगेको छ।

काठमाडौं- आइतबार सेयर बजारमा कुल ६ अर्ब ५४ करोड रुपैयाँबराबरको कारोबार भएको छ। जुन अघिल्लो दिनको तुलनामा १ अर्ब ५२ करोड रुपैयाँ बढी हो। बजारमा कारोबार वृद्धिमा प्रमुख भूमिका हिमालयन डिस्टिलरी लिमिटेडले खेलेको छ।

हिमालयन डिस्टिलरी लिमिटेडको कारोबारमा आइतबार २६.८४ प्रतिशत हिस्सा रहेको छ। हिमालयन डिस्टिलरीको सेयर १ अर्ब ७५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यसदिन कम्पनीको सेयर मूल्य ३.६० प्रतिशत बढेर प्रतिकित्ता १४२१ रुपैयाँ पुगेको छ।

हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै उत्कृष्ट प्रदर्शन देखाएको छ। कम्पनीको खुद नाफा १६१.१३ प्रतिशतले बढेर ९५ करोड ३२ लाख रुपैयाँ पुगेको छ। बिक्री आम्दानी ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब १५ करोड रुपैयाँको तुलनामा ७३.३० प्रतिशत बढी हो।

प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ०२ पैसा पुगेको छ, अघिल्लो वर्षको ११ रुपैयाँ ८८ पैसा भन्दा धेरै हो। चुक्ता पुँजी १५ प्रतिशतले बढेर ३ अर्ब ७ करोड पुगेको छ भने स्थायी सम्पत्ति ९३.२६ प्रतिशतले बढेर ९३ करोड ७१ लाख रुपैयाँ पुगेको छ।


प्रकाशित : आइतबार, भदौ ८ २०८२१७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend