आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सेयर बजारमा साताको पहिलो कारोबार नै ओरालोतिर

आइतबार, भदौ ८ २०८२
सेयर बजारमा साताको पहिलो कारोबार नै ओरालोतिर

४१ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब ५४ करोड ८६ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- गएको साता समग्रमा ३०.३९ अंकले घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन पनि ओरालोतर्फै लागेको छ। आइतबार बजार १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा झरेको छ। 

४१ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब ५४ करोड ८६ लाख रूपैयाँको कारोबार भएको छ। आज २०८ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

गएको साता आइतबार घटेर लगातार दुईदिन वृद्धितर्फ लागेको सेयर बजार बुधबार र बिहीबार पुन: घटेको थियो।

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।


प्रकाशित : आइतबार, भदौ ८ २०८२१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend