काठमाडौं- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित पक्राउ परेका छन्।
काठमाडौंबाट मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेका भारतीय नागरिक आरिशलाई नेपाल प्रहरीले पक्राउन गरेको हो।
उडानका लागि सुरक्षा जाँच गर्दा उनीबाट ३८ हजार मलेसियन रिंगेट भेटिएको थियो।
लुकाइ छिपाइ मुद्रा ओसारपसार गर्न लागेका उनीलाई पक्रउ गरी ३८ हजार रिंगेट राजस्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।