बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जनगणना अन्तर्गत आजबाट घरपरिवारको सूचीकरण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
जनगणना अन्तर्गत आजबाट घरपरिवारको सूचीकरण सुरु

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा सहित आज बाट जनगणनाको पहिलो चरण, घर तथा घरपरिवार सूचीकरण कार्य सुरु हुने भएको छ।

काठमाडौं -‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा सहित आज बाट जनगणनाको पहिलो चरण, घर तथा घरपरिवार सूचीकरण कार्य सुरु हुने भएको छ।

१२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुन लागेको हो। कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ। नयाँ तालिका अनुसार आज देखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ।

विभागका अनुसार तालिम प्राप्त गरेका ८ हजार ५ सय सुपरिवेक्षक सूचीकरणमा खटिने छन्। सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ।

मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । मूल जनगणनमा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन्। नेपालमा विसं १९६८  देखि हरेक १०\१० मा जनगणना हुँदै आएको छ। 


प्रकाशित : बुधबार, भदौ ३० २०७८०३:२०
  • सम्बन्धित विषय:

  • # जनगणना
  • # जनगणना २०७८
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend