शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

राष्ट्र उत्थान लघुवित्तको कारोबार खुलेकै दिन कति कमाउँछन् लगानीकर्ताले? यस्तो छ वित्तीय अवस्था

images
शुक्रबार, फागुन १३ २०७८
images
राष्ट्र उत्थान लघुवित्तको कारोबार खुलेकै दिन कति कमाउँछन् लगानीकर्ताले? यस्तो छ वित्तीय अवस्था
images
images

काठमाडौं- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ। कम्पनीले जारी गरेको आईपीओ ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

images
images
images

७९ हजार ४ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको छ। कम्पनीको आईपीओ पर्नेले कारोबार भएको पहिलो दिननै ५ हजार २२ रूपैयाँ कमाउने छन्। सूचकको हिसाबले अब्बल कम्पनी भएकोले प्रतिसेयर नेटवर्थ १६७.४३ रूपैयाँ रहेको छ। ओपनिङ कारोबार अधिकतम तीन गुणासम्म रेन्ज पाउने भएकोले ५०२२.९ पहिलो दिन नै कमाउने देखिन्छ।  

images
images

कम्पनीको प्रतिसेयर आम्दानी भने १६.०८ रूपैयाँ रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा प्रतिसेयर नेटवर्थ ३४७ रूपैयाँ पुग्ने प्रक्षेपण पनि गरेको छ। कम्पनीले उक्त वर्षसम्म प्रतिसेयर आम्दानी २९ रूपैयाँ पुग्ने प्रक्षेपणसमेत गरेको छ। 

images
images

सर्वसाधारणहरूमा निष्काशन गरिने साधारण सेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि डिल्लीबजार, काठमाडौंबाट क्रेडिट रेटिङ गराई गराइएको थियो। कम्पनीले फागुन ४ देखि ८ गतेसम्म निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँट गरेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी गराएको छ।

आईपीओमा आवेदन दिएका २५ लाख ८५ हजार २६१ आवेदक मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको थियो। २५ लाख ७९ हजार ४ सय २ जना योग्य आवेदकलाई गरेको बाँडफाँटमा ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर पाएका छन्। 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ८ करोड ५० लाख रूपैयाँको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा १३ हजार कित्ता कर्मचारी, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। 


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८००:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend