काठमाडौं- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ। कम्पनीले जारी गरेको आईपीओ ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। ७९ हजार ४ सय जनाले १० कित्ताका दरले आईपीओ परेको छ।
कम्पनीले फागुन ४ देखि ८ गतेसम्म निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँट गरेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी गराएको छ। आईपीओमा आवेदन दिएका २५ लाख ८५ हजार २६१ आवेदक मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको थियो। २५ लाख ७९ हजार ४ सय २ जना योग्य आवेकलाई गरेको बाँडफाँटमा ७९ हजार ४५० जनाले १० कित्ता सेयर पाएका छन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड ५० लाख रूपैयाँको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा १३ हजार कित्ता कर्मचारी, ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।