आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

यो साता पनि ओरालोतिरै सेयर बजार, आउने साता उचाइतर्फ फर्किएला?

बिहीबार , भदौ ५ २०८२
यो साता पनि ओरालोतिरै सेयर बजार, आउने साता उचाइतर्फ फर्किएला?

काठमाडौं- गएको तीन सातामा १९४.२७ अंकले घटेको सेयर बजार यो साता ३०.३९ अंकले घटेको छ। यो साता आइतबार घटेर लगातार दुईदिन वृद्धितर्फ लागेको सेयर बजार बुधबार र बिहीबार पुन: ओरालोतर्फै लागेको हो।

यो साता पहिलो कारोबारको दिन आइतबार २७.१४ अंकले घटेर सोमबार ९.१६ र मंगलबार ६.५१ बढेको बजार बुधबार ९.७० अंकले घटेको थियो। बिहीबार पुन: ९.२२ अंकले घटेर २७५७.९७ बिन्दुमा झरेको छ।

बिहीबार ५३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब २ करोड १ लाख रुपैयाँको कारोबार भएको छ। पछिल्लो तीन सातायता कारोबार रकमसमेत घट्दै गएको छ। 

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ। लगानीकर्ता पर्ख र हेरको सोचमा देखिँदा आउने सातासमेत बजारको गति आँकलन गर्न कठिन देखिएको छ। 


प्रकाशित : बिहीबार , भदौ ५ २०८२१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend