बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

अनिर्णीत एमसीसी र राष्ट्र बैंकको नीतिले सेयर बजारमा उथलपुथल

विश्लेषक भन्छन् - आउने सातादेखि लयमा फर्कन्छ

बिहीबार , फागुन १२ २०७८
अनिर्णीत एमसीसी र राष्ट्र बैंकको नीतिले सेयर बजारमा उथलपुथल

काठमाडौं- राजनीतिक उथपुथल हुने संकेत र नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण साताभर सेयर बजार उतारचढाव भएको छ।

साताको पाँच दिनमा तीन दिन घट्दा दुई दिन बजार बढेको छ। अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट अनुमोदन हुने नहुने विषय र सेयर धितो कर्जाको कडाइको असर सेयर बजारमा परेको छ। रानीतिक उथलपुथलले पनि असर पार्ने भएकोले त्यसको प्रभाव सेयर बजारमा परिरहेको छ। 

साताको अन्तिम दिन बिहीबार ५८.९९ अंकले घटेर बजार २६६१.४४ बिन्दुमा झरेको छ। कारोबार ४ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको छ। 

बुधबार नेपाल राष्ट्र बैंकले सेयर ऋण प्रवाहमा थप कडाइ गरेको छ। बुधबार निर्देशन जारी गर्दै सेयर धितो कर्जा र घरजग्गाको कर्जाको जोखिम भार बढाएको हो। मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार १ सय ५० प्रतिशत कायम गरिएको छ। यसअघि मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार एक सय प्रतिशत रहेको थियो।

सेयर बजारमा ऋण लिएरभन्दा आफ्नै पैसाले लगानी गर्ने धेरै भएको असर धेरै नपर्ने विश्लेषक छोटेलाल रौनियार बताउँछन्। 'केही दिन त्रासले बजार घटे पनि अर्को सातादेखि बजार पुनः लयमा फर्किने छ,’ रौनियारले भने। 

मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार भने पुनः घटेको थियो। यो साताभर पाँच दिनको कारोबारमा दुई दिन बजार बढेको छ भने तीन दिन भने बजार घटेको छ। 

यो साताको पहिलो दिन आइतबार ३९.४० अंकले बजार घटेको थियो। सोमबार सेयर बजार २५.४१ अंकले बढेको थियो। मंगलबार पनि १७.४२ अंकले बढेर २७३५.९३ बिन्दुमा पुगेको बजार बुधबार १५.५० अंकले घटेर २७२०.४३ बिन्दुमा झरेको थियो।


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend